Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख सापकोटा एमसीसीको विपक्षमा !

    सभामुख सापकोटा एमसीसीको विपक्षमा !

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं – मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) नेपालमा अहिले चर्चाको विषय बनिरहेको छ। उक्त अमेरिकी सहयोग सरकारले पास गर्छ कि गर्दैन र गर्नुपर्छ कि गर्नुहुँदैन भन्नेमा पक्ष विपक्षमा बहस भइरहेको छ।

    कतिपयले एमसीसी देशका लागि घातक हुने बताउँदै आएका छन् भने कतिपयले यसले देशलाई सकरात्मक सहयोग गर्ने बताउँदै आएका छन्। तर, कतिपयले यथास्थितिमा नभइ यसलाई संशोधन गरेर पास गर्दा ठीकै हुने बताएका छन्।



    यसैबीच सभामुख अग्नि सापकोटाले एमसीसीको विषयमा आफ्नो धारण सार्वजनिक गरेका छन्। उनले एमसिसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन्।



    सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गरे।

    ‘दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ, कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय सहमति हुनुपर्छ, यस विषयमा गठबन्धन सरकारले गम्भीरतापूर्ण सोच्ने विषय हो।’

    सदनलाई प्रभावकारीरूपमा अघि बढाउन मन्त्रिपरिषद्को विस्तारपछि अनुभवका आधारमा सर्वदलीय बैठक गर्ने सोचाइ राखिएको जानकारी दिँदै सभामुख सापकोटाले सदनलाई विजनेश दिलाउन गृहकार्य गर्ने सन्दर्भमा सरकार र राजनीति दलका प्रतिनिधिसँग छलफललाई घनिभूत तुल्याइरहेको बताए।

    जनताले लामो सङ्र्घष र बलिदानको उपलब्धिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न परिवर्तनकारी दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक रहेको बताउँदै उनले उपसभामुखको चयन छिटो हुनुपर्छ भनी कुरा चलाउँदै आएको उल्लेख गरे।

    एमसीसीको विषयमा सापकोटाले धारणले उनी यसको विपक्षमा रहेको अनुमान गर्न सकिन्छ। यथास्थितिमा एमसीसीबारे राष्ट्रिय सहमति हुने देखिँदैन। सभामुख सापकोटाले राष्ट्रिय सहमति भन्दै गर्दा यसलाई संशोधन गर्नुपर्ने बुझ्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार