Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन : अग्नि सापकोटा

    एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् ।

    प्रवक्ता सापकोटाले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन् ।



    प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए ।



    प्रवक्ता सापकोटालेभने,’एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।’

    त्यस्तै, भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए ।

    नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार