Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुन प्रकरणमा कृष्णबहादुर महरा दोषी प्रमाणित भए कारबाही हुन्छ : अग्नि सापकोटा

    सुन प्रकरणमा कृष्णबहादुर महरा दोषी प्रमाणित भए कारबाही हुन्छ : अग्नि सापकोटा

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 738
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले दोषी देखिए जुनसुकै पार्टीका भए पनि सरकारले कारबाही गर्ने बताएका छन् ।

    पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो बताउका हुन् ।



    प्रवक्ता सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताए।



    प्रवक्ता सापकोटाले भने,‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ ।’

    सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    उनले सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार