Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चीनबाट फर्केपछि अग्नि सापकोटाले भने- शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन चीन सहयोग गर्न तयार छ

    चीनबाट फर्केपछि अग्नि सापकोटाले भने- शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन चीन सहयोग गर्न तयार छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको चीनले बताएको उनको भनाइ छ ।



    गत जेठ ५ गते चीन गएका उपाध्यक्ष सापकोटासहितको प्रतिनिधि मण्डलको भ्रमणबारे जानकारी दिँदै उनले भने, ‘असल मित्रको हैसियतले सबै कुरा भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो ।’



    सापकोटाले असल मित्रको हैसियतमा शान्ति प्रक्रियाका सबै कुराहरु खुलस्त राख्न आग्रह गरेको पनि उल्लेख गरे।

    चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल चीन भ्रमणमा गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार