Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उपाध्यक्ष सापकोटाले भने – माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत

    उपाध्यक्ष सापकोटाले भने – माओवादीविरुद्धको मुद्दा शान्ति सम्झौता विपरीत

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 378
    SHARES

    जनकपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् ।

    शनिवार जनकपुर पुगेका उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उनले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताए।



    उपाध्यक्ष सापकोटाले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए ।



    सापकोटाले अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुर्‍याउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार