Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादी प्रवक्ता सापकोटाले सार्वजनिक गरे समृद्धिका चार आधार

    माओवादी प्रवक्ता सापकोटाले सार्वजनिक गरे समृद्धिका चार आधार

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले समृबद्धिका चार आधार सार्वजनिक गरेका छन् ।

    पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक गरेको पत्रकार सम्मेलनमा सापकोटाले यस्तो बताएका हुन्।



    उनले समृद्धिको चार आधारबाट माओवादी केन्द्र अगाडि बढ्ने स्पष्ट पारेका छन् । प्रवक्ता सापकोटाले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग धन्दा र औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधिमा विशेष जोड दिएका छन् ।



    प्रवक्ता सापकोटाले भने,‘नेपाल अहिले जटिल भूराजनीतिमा रहेको छ । हामीमा चुनौती र अवसर दुवै छ । यसका लागि हामीले समृद्धिका चार आधार तय गरेका छौँ । त्यसका लागि पहिलो आधार कृषिमा आधुनिकीकरण आवश्यक छ । दोस्रो उद्योगधन्दा र औद्योगीकरणमा जोड दिनुपर्छ । तेस्रो राष्ट्रिय सुरक्षा रहेको छ । चौथोमा विज्ञान र प्रविधिको सदुपयोग रहेका छन् । यी चार आधारलाई अधिकतम प्रयोग गरी अब माओवादी समृद्धिका लागि अगाडि बढ्छ ।’

    उनले नेपालको भूराजनीति जटिल अवस्थामा रहेकाले कूटनैतिक तवरबाट शक्ति राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार