Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, कति सांसदको समर्थन ?

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)ले दाबी पेश गर्ने भएका छन्। केसीले विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

बुधबार अविश्वासको प्रस्तावमा छलफल हुन बोलाइएको प्रदेश सभाको विशेष अधिवेशनमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए। पोखरेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म सरकारमा दाबी पेश गर्न समय दिएका थिए।

सोहीअनुरुप नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको सहयोगमा केसीले सरकारमा दाबी पेश गर्न लागेका हुन्। ८० सदस्यीय प्रदेशसभामा एमालेको ३८, कांग्रेसको १९, माओवादी केन्द्रको १८ (सभामुखबाहेक), जसपाको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद रहेका छन्।

केसीलाई ४१ जना सांसदको समर्थन रहने छ। सरकारको समयावधि करिब १६ महिना रहेको अवस्थामा कांग्रेस र माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्। सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077