Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा गठबन्धनले बुझायो ४२ जना सांसदको हस्ताक्षर, कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुले सरकार नेतृत्वका लागि दाबी पेस गरेका छन्।

बुधबार दिउँसो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए ।

जसअनुसार लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै विपक्षी गठबन्धनले ४२ जना सांसदहरुले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज मुख्यमन्त्रीमा माओवादीका नेता कुलप्रसाद केसीलाई ४२ जनाको समर्थनमा दाबी पेस गरिएको कांगेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।

८० सदस्यीय प्रदेशसभामा एमालेको ३८, कांग्रेसको १९, माओवादी केन्द्रको १८ (सभामुखबाहेक), जसपाको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद रहेका छन् ।

माओवादीका केसीलाई ४१ जना सांसदको समर्थन रहने छ । सरकारको समयावधि करिब १६ महिना रहेको अवस्थामा कांग्रेस र माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077