Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी सांसद महतको प्रश्न - कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन:नियुक्ति गरेकोमा प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद महतले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गरे ?

'कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले प्रश्न गरे ।

यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले पुन: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यस्तै, सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077