Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दर्जनौं युवा युवतीलाई दुवईमा अलपत्र पार्ने कुँवरलाई छुटाउन मेनपावर व्यवसायी सक्रिय

    दर्जनौं युवा युवतीलाई दुवईमा अलपत्र पार्ने कुँवरलाई छुटाउन मेनपावर व्यवसायी सक्रिय

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 3.9K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । लामो समयदेखि अबैध रुपमा भिजिट भिसामा दुवई पुर्याएर नेपाली युवायुवतीलाई अलपत्र पार्ने रमेश कुँवरलाई छुटाउन मेनपावर व्यवसायीहरुले प्रहरीमा चलखेल गरेको खुलेको छ । कल्पना (नाम परिवर्तन) नाम गरेकी एक युवतीले आफूलाई दुवई पुर्याएर अलपत्र पारेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोमा उजुरी दिएपछि कुँवर पक्राउ परेका थिए ।

    कुँवर पक्राउ परेको पत्ता लाग्ने वित्तिकै कुँवरबाट पीडित बनेकाहरुको अहिले ब्यूरोमा लाइन लाग्ने गरेका छन् । कुँवरले  होटलमा हाउस किपिङ वा वेटरको काम लगाईदिने भन्दै प्रलोभवमा पारी कल्पनालाई दुवई पुर्याएका थिए । मोटो रकम असुलेर दुवई पुर्याएका कुँवरले आफूलाई बेचेको भन्दै कल्पनाले प्रहरीमा जाहेरी दिएपछि कुँवर पक्राउ परेका हुन् ।



    कल्पनाले प्रहरीमा दिएको जाहेरीमा आफू दुवईमा रहँदा गोप्य संवेदनशील अंगमा टोक्ने, कुटपिट गरी जवर्जस्ती यौन शोषण समेत गर्ने गरेको उल्लेख गरेकी छन् । त्यतिमात्र होइन कल्पनाले उनीहरुको अत्याचार सहन नसकी मर्ने प्रयास गरेको तर, ति व्यक्तिहरुले नै आफूलाई अस्पताल पुर्याएर बचाएको पनि उल्लेख गरेकी छन् ।



    दुवईमा अनेकौं हण्डर खाएर फर्किएकी कल्पनाको जाहेरीपछि साउन १२ गते पक्राउ परेका कुँवरले दर्जनौ युवा युवतीबाट यूरोपियन राष्ट्र पुर्याइदिने भन्दै १० लाखसम्म लिएर दुबईमा अलपत्र पारेको खुलेको छ ।

    त्यसो त कुँवरले सुगम मानन्धर, अभिषेक कार्की, सपना कार्की, हिरा तामाङलगायतसँग पनि १० लाख बन्दा बढि रकम लिएर यूरोप पुर्याइदिने भन्दै दुवइमा अलपत्र पारेका थिए । मानन्धर कार्की र तामाङ जसोतसो नेपाल फर्किए पनि सपना भने अझै दुवईमै रहेको खुलेको छ ।

    सपनाले नेपाल फर्काइदिन आग्रह गर्दा कुवँरले उल्टै धम्काउने गरेको पीडितको आरोप छ । कुँवरले सुगमलाई १९ अप्रिल २०१८ मा एउटै फ्लाइटमा दुवई पुर्याएका थिए ।

    कुँवरले लाखौं असुलेर युवा युवतीलाई दुवई पुर्याएर अलपत्र पार्ने मात्र नभई गर्भपतन गराउने औषधीदेखि सुन समेतको तस्करी गर्ने गरेको पीडितहरुले नै बताएका छन् । पक्राउ परेपछि विरामी भएको बहान बनाएर अस्पताल भर्ना हुन खोजेका कुँवरलाई यतिबेला केही मेनपावर व्यवसायीहरु छुटाउन हात धोएर लागेका छन् । कुँवरलाई पछिल्लो पटक बुधबार ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीमा कुँवरबाट पीडित बनेका युवा युवतीहरुको लर्को लाग्न थालेपछि प्रहरीले अनुसन्धानलाई थप कडा बनाएको छ । कुँवरले प्रहरी समक्ष आफूले दुवई लाने काम नै नगरेको बताउँदै आएपनि पीडितहरुलाई गराएको मेडिकल रिपोर्टमा भने उनैले रिफर गरेको उल्लेख छ । हुन त पक्राउ पर्नु अघिदेखि नै कुँवरले रकम लिएको भने स्वीकार गरेको पीडितहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार