Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • २० लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी प्रेमकुमारी सोह्रखुट्टेबाट पक्राउ

    २० लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी प्रेमकुमारी सोह्रखुट्टेबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका वडा नं.-१६ बस्ने ४८ बर्षिया प्रेमकुमारी खड्कीलाई शुक्रबार सीआईबीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।



    पक्राउ परेकी खड्कीलाई उच्च अदालत पाटनको २०७६।०२।२१ गतेको फैसलाले ५ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।



    सीआईबीका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई एनएमबी बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार