Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडकबाट खस्यो एम्बुलेन्स : एक जनाको मृत्यु, एक घाइते

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077