Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तालिबान आतंक : एकाएक किन अफगानिस्तान उत्रियो अमेरिकी सैन्य टोली ?

    तालिबान आतंक : एकाएक किन अफगानिस्तान उत्रियो अमेरिकी सैन्य टोली ?

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 4.1K
    SHARES

    एजेन्सी – अफगानिस्तानमा सरकार र विद्रोही समूहबीचको भिडन्त जारी छ। विद्रोही समूह तालिबानले सरकारलाई ठूलो चुनौती दिइरहेको छ। तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ।

    केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन्। उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन्।



    अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकूको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ। देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकूको नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन्।



    अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन। राजधानी कब्जा गर्ने अभियानमा उनिहरु निकै सफल देखिएका छन्।

    विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्नु भएको थियो। उहाँहरुको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार