Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हाइटीमा शक्तिशाली भूकम्प : ३ सय ४ जनाले ज्यान गुमाए, सयौं घाइते

एजेन्सी । हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी ३ सय ४ जनाको ज्यान गएको छ। ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पमा परी उक्त संख्यामा मानिसहरुको ज्यान गएको हो भने सयौं मानिसहरु घाइते भएका छने।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार घाइतेको संख्या १८ सयभन्दा बढी रहेको छ। थुप्रै भौतिक संरचनाहरु पनि त्तवस्त भएका छन्। शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो। यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन्। प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन्।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ। यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो। भूकपम्को पूर्ण वितरण अझै आइनसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077