Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसियामै अस्ताइन् नेपाली चेली सन्जिता

दोहा – वैदेशिक रोजगारीमा मलेसिया गएकी नेपाली चेली सन्जिता थिङ तामाङ उतै अस्ताएकी छिन्। मलेसियामा कार्यरत उनको हनिबार उपचारका क्रममा निधन भएको बताइएको छ।

तामाङको नेपाल घर नुवाकोट जिल्लाको पन्चकन्या गाउँपलिकामा हो। २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि उनलाई अस्पताल लगिएको थियो। तर उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ।

तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन्। शवलाई उनी कार्यरत रेष्टुरेन्टसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाली पठाइने मलेसियास्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077