Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तालिबानी लडाकूका सामू अफगानिस्तान सरकारले घुँडा टेक्यो, सत्ता हस्तान्तरणको तयारी

काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका छन् ।

समाचार एजेन्सी एपीका अनुसार अफगानी अधिकारीहरुले तालिबानीहरु काबुलको सीमाभित्र प्रवेश गरेको पुष्टि गरेका हुन् ।

यसअघि तालिबानीहरुले अफगानिस्तानका सबै बोर्डर क्रसिङहरु कब्जामा लिइसकेका छन् । अब तालिबानीहरुले सत्ता परिवर्तनको माग गरेका छन् । अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जकवालले पनि यसको पुष्टि गरेका हुन् ।

‘काबुलमा आक्रमण हुने छैन,मिर्जकवालले भने, 'सत्ता परिवर्तन शान्तिपूर्ण ढंगले हुनेछ ।’ उनले काबुलको सुरक्षाको जिम्मेवारी सुरक्षा फौजको भएको बताए । समाचार अनुसार तालिबानी वार्ताकार राष्ट्रपति भवन जाँदैछन् । त्यहाँ सत्ता हस्तान्तरणका विषयमा वार्ता हुनेछ । यसअघि तालिबानले पनि एक बयान जारी गर्दै आफूले काबुलमा शक्तिको बलमा कब्जा गर्न नचाहेको बताएको थियो ।

यसअघि तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तान सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरूविरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077