Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगानिस्तानमा नेपालीहरुको विचल्ली, उद्दारका लागि निगमको जहाज काबुल जाँदै

काठमाडाैं । अफगानिस्तानमा तालिवानीहरुले पुरै शहर कब्जा गरेपछि विभिन्न देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेका छन्।

यसैबीच, त्यहाँ रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज राजधानी काबुल जाने तय भएको छ ।अफगानिस्तानबाट विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने तय भएको हो ।

निगमका अनुसार आगामी भदौ ११ गते चार्टर उडानमार्फत् न्यारोबडी जहाज काबुल जाने तय भएको छ, त्यसका लागि दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।

यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको बताएको छ । ‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले भन्यो  ।

यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा राजधानी काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइने बताइएको छ।

पछिल्लो समाचार अनुसार तालिबानी लडाकूका सामू अफगानिस्तान सरकारले घुँडा टेकेको  छ ।  अब सत्ताका बिषयमा वार्ता गर्न तालिबानी वार्ताकार राष्ट्रपति भवन जाँदैछन् । त्यहाँ सत्ता हस्तान्तरणका विषयमा वार्ता हुनेछ । यसअघि तालिबानले पनि एक बयान जारी गर्दै आफूले काबुलमा शक्तिको बलमा कब्जा गर्न नचाहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077