काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहको बताए।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन गरिसकेको देउवाले उल्लेख गरेका छन्।
आइतबार साँझसम्म त्यहाँको पुरै शहर तालिबान लडाकुले कब्जा गरेसँगै अफगानी राष्ट्रपति देश छोडेर भागेका छन्।
https://twitter.com/SherBDeuba/status/1427121084239736833
यसैबीच, त्यहाँ रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज राजधानी काबुल जाने तय भएको छ। अफगानिस्तानबाट विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने तय भएको हो।
निगमका अनुसार आगामी भदौ ११ गते चार्टर उडानमार्फत् न्यारोबडी जहाज काबुल जाने तय भएको छ, त्यसका लागि दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।