Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अस्तव्यस्त काबुल

    अमेरिकी दूतावासमा कार्यरत ३८५ नेपालीहरुको उद्धार, काठमाडौं पठाउने तयारी

    अमेरिकी दूतावासमा कार्यरत ३८५ नेपालीहरुको उद्धार, काठमाडौं पठाउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2K
    SHARES

    दोहास्थित अमेरिकी बेस क्याम्प, तस्बिर : गुगल

    काठमाडौँ । अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । सोमबार बिहान दूतावासमा कार्यरत ३ सय ८५ नेपालीलाई उद्धार गरेर कतारको दोहा पुर्‍याएको हो ।

    यस्तै, अमेरिकाले काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्‍याइएको भन्नेबारे खुलेको छैन ।



    उनीहरुलाई दोहा पुर्‍याउनुअघि आइतबार हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पुर्‍याइएको हो । उनीहरुलाई अफगानिस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पुर्‍याएको बताए ।



    उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको छ । उनीहरुलाई नियमित उडानमार्फत अमेरिकाले काठमाडौं पठाइदिने बुझिएको छ।

    यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्‍न भएको जनाएको छ । ‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन्’,दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार