Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी दूतावासमा कार्यरत ३८५ नेपालीहरुको उद्धार, काठमाडौं पठाउने तयारी

काठमाडौँ । अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । सोमबार बिहान दूतावासमा कार्यरत ३ सय ८५ नेपालीलाई उद्धार गरेर कतारको दोहा पुर्‍याएको हो ।

यस्तै, अमेरिकाले काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्‍याइएको भन्नेबारे खुलेको छैन ।

उनीहरुलाई दोहा पुर्‍याउनुअघि आइतबार हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पुर्‍याइएको हो । उनीहरुलाई अफगानिस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पुर्‍याएको बताए ।

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको छ । उनीहरुलाई नियमित उडानमार्फत अमेरिकाले काठमाडौं पठाइदिने बुझिएको छ।

यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्‍न भएको जनाएको छ । 'दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन्',दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077