Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

स्रोतका अनुसार सरकारले संसद अधिवेशन अन्त्य गरेर केही थप अध्यादेश ल्याउने तयारी गरेको छ।

यस्तै, आजको बैठकले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरेर पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ ।

यसैगरी, प्रवक्ता कार्कीका अनुसार आजको बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुको जति सक्दो चाँडो उद्धार गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077