Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तान घटनापछि चीनले खुशी हुँदै भन्यो- अफगानी जनताको इच्छा र छनोटलाई सम्मान गर्छौं

एजेन्सी । सशस्त्र विद्रोही तालिबानीहरुले अफगानिस्तानमा सत्ता हातमा लिएपछिको पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ।

सोमबार राजधानी बेइजिङमा अफगानिस्तान घटनाबारे पत्रकार सम्मेलनको आयोजना गरेर चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनले सम्मेलनमा भनिन्,'अफगानी जनताको इच्छा र छनोटको चीनको सम्मान छ।'

आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको ह्वाले बताइन।

अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै ह्वाले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा यसअघि नै चीन फर्किएको र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जानकारी दिइन्।

यस्तै, प्रवक्ता ह्वाले अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानीको मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको  पनि रहेको बताइन्।



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077