Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्राधिकरणमा कुलमान नियुक्त भएको ५ दिनपछि पुनर्वहालीको माग गर्दै हितेन्द्र पुगे सर्वोच्च

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि पूर्वकार्यकारी निर्देशक हितमान शाक्यले ५ दिनपछि आपत्ति जनाएका छन्।

सोमबार पूर्व कार्यकारी निर्देशक शाक्यले आफूलाई जबरजस्ती हटाइएको भन्दै घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्च गएका हुन्।

सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार प्राधिकरणमा घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले रिट निवेदन दायर गराएका छन् ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणी बराबरको सुविधा उपलब्ध गराउने गरी पूणर्कालीन सदस्यका रुपमा नियुक्त गरेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077