Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगानी सेनाको उडिरहेको विमान उज्वेकिस्तानमा खसालियो

बीबीसी हिन्दी । उज्वेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले अफगानिस्तानको एउटा सैन्य विमान खसालेको जानकारी दिएको छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक अफगान सैन्य विमान सीमा पार गरी उनीहरुको क्षेत्रमा प्रवेश गरेको थियो।

जेट विमान अवैधरुपमा आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोजेको त्यहाँका रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन्। मिडिया रिपोर्टका अनुसार यो घटना अफगानिस्तानको सिमानामा रहेको उज्वेकिस्तानको सुखन्डारया प्रान्तमा आइतबार राती भएको हो।

तर, रक्षा मन्त्रालयका प्रवक्ताले जहाजमा कति जना सवार थिए र कतिजना घटनामा घाइते भनेर जानकारी दिएका छैनन्। सुखन्डारयो प्रान्तका एक डाक्टर बेकपुलाट ओकबोयेवले एएफपी समाचार एजेन्सीलाई अफगानिस्तानको सैन्य पोशाक लगाएका दुई जना आइतबार साँझ अस्पताल भर्ना भएको जानकारी दिएका छन्। डाक्टरका अनुसार एक व्यक्तिसँग प्यारासुट रहेको र उनी घाइते रहेका छन्।

यसअघि समाचार एजेन्सी एएफपीले उज्वेकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एक अफगान सैन्य विमान आफ्नो सिमानामा दुर्घटनाग्रस्त भएको बताएको थियो।

‘सैन्य विमान अवैध रुपमा उज्वेकिस्तानको सीमा पार गरिरहेको थियो। हाल घटनाको अनुसन्धान भइरहेको छ,’ एएफपीले उज्वेकिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता बाखरोम जुल्फिकारोभलाई उद्धृत जनाएको छ।

आइतबार मात्र उज्वेकि अधिकारीहरुले सीमा पार गरी उज्वेकिस्तानमा प्रवेश गरेका ८४ अफगान सैनिकहरुलाई हिरासतमा लिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077