Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले मुद्धा कमजोर बनाएका हुण्डीका नाइके छाड्न चलखेल

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले गत २५ गते गरेको हुन्डीको अप्रेसनले काठमाडौंका केही ठूला व्यापारी त्रसित बनेका छन् । हुन्डी कारोबारका नाइके मानिएका व्यापारी पक्राउ परेपछि उनीमाथि अनुसन्धान हुँदा धेरैको पोल खुल्ने सम्भावना छ ।

परिसरले ९१ लाख ९६ हजार नगद, ८० लाख ४३ हजारको डिपोजिट स्लिप र ३६ लाख ८३ चेकसहित बरामद चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले गिरोहका नाइके ताहाचलका तरुण अग्रवाललाई पक्राउ गरेको थियो । अग्रवाल हुन्डीका ठूला नाइकेमध्ये एक भएको स्रोत बताउँछ ।

उनका सहयोगीहरु तनहुँका नितेश श्रेष्ठ, रामेछापका नरबहादुर खड्का र जोरपाटीका अर्जुन चौलागाईलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रहरीले थप अनुसन्धान नै नगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइदिएको छ ।

यस्तो मुद्दामा प्रहरीले आफैं पनि थुनामा राखेर बैंकिङ कसुरमसम्बन्धि ऐनअनुसार अनुसन्धान गर्न सक्ने भएपनि राजश्वमा बुझाइएको हो । जसले गर्दा अग्रवाललाई सहज भएको छ । विभागले पनि केही दिनमै छाड्ने तयारी गरिरहेको स्रोत बताउँछ । जसले अग्रवाललाई सहज भएको छ । ‘यदी थुनामै राखेर अनुसन्धान गरेकोमा उनको कारोबारको जालो पत्ता लाग्ने थियो,’ प्रहरी स्रोत भन्छ,‘ तर उनले सम्पत्ति शुद्धीकरणमा पनि सेटिङ मिलाउन सफल भएका छौं ।’ उनको समूहले वर्षमा अरबौंको हुन्डी कारोबार गर्दै आएको स्रोत बताउँछ । तर, विभागका महानिर्देशक गजेन्द्र ठाकुरले उनलाई धरौटीमा छाड्ने तयारी गरेका छन् ।

त्यसो त प्रहरीको आम्दानीको प्रमुख स्रोत हुन्डी हुने गरेको छ । सेटिङ मिलाउने व्यापारीलाई संरक्षण गर्ने र अन्यलाई पक्राउ गर्ने नीति लिएर प्रहरीले हुन्डी कारोबारीबाट फाइदा लिदै आएको छ । दृष्टि साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077