Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तालिबानद्वारा सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा

एजेन्सी । सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

करिव २० बर्षपछि पुन सत्तामा फर्किएको तालिबानले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह समेत गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँ रहेका मानिसहरु डराउदै देश छाडेर भाग्न थालेपछि तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

'सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ, 'तालिवानलाई उधृत गर्दै एफपीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077