Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालको आँगनमा ओलीको तगारो, २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा निवेदन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टी केन्द्रीय कमिटी सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेलगत्तै एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाउदै २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका लागि निवेदन दिएको हो ।

मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका नेताहरुको नामसहित निबेदन दिएको हो।

यसअघि २०७५ जेठ २ अघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेका थिए। स्रोतका अनुसार ओली पक्षले नेपाल पक्षले पार्टी फुटाउन सक्ने भन्दै थप ५७ जनाको नाम थपेर आयोगमा पठाएको हो ।

अब पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत केन्द्रीय सदस्यका लागि नेपाल पक्षलाई ५२ जना केन्द्रीय सदस्यको साथ चाहिनेछ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077