Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीले एकताको ढोका बन्द गरे, अब नयाँ पार्टी दर्ता हुन्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आएको बताएका छन् ।

मंगलबार आफू पक्षीय नेताहरुको आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना सकिएको घोषणा गरे ।

अध्यक्ष ओलीले आफूसहित १४ सांसदलाई कारवाही गरेको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए। नेता नेपालका अनुसार २८ फाुगनदेखि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्ने, नयाँ निर्णयहरु नगर्ने र अहिलेसम्म भएका सहमतिहरु पालना गर्ने गरी थप सहमति गर्ने भुसालको प्रस्ताव थियो । त्यसमा आफूले सहमति दिएपछि भुसाल, अध्यक्ष ओलीलाई भेट्न गएको भन्दै नेता नेपालले भने, ‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ ।’

त्यसपछि नेपालले भने,‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं। अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । नेपालले थपे, उहाँ सुध्रिनु भयो भने  त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077