Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तानमा तालिबानको शासनबारे के भन्छिन् नोबेल पुरस्कार विजेता मलाला युसुफर्जइ ?

    अफगानिस्तानमा तालिबानको शासनबारे के भन्छिन् नोबेल पुरस्कार विजेता मलाला युसुफर्जइ ?

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगानिस्तानमा तालिबानको पुनरागमन मुश्किले प्राप्त गरेको स्पवत्त्रताका लागि खतराको संकेत भएको नोबेल पुरस्कार विजेता मलाला युसुफजई बताउँछिन्। विशेष गरी महिला र युवतीहरुका लागि यो निकै कठिन हुने उनको भनाइ छ।

    नौ वर्षअघि पाकिस्तानकी मलाला युसुफजईले तालिबानले स्कूल छाड्न दिएको आदेश अस्वीकार गरेपछि उनीमाथि आक्रमण भएको थियो। उनको टाउकोमा गोली लागेको छ। मलाला उक्र आक्रमणबाट बचेकी थिइन् र अहिले बेलायतमा बस्छिन्।



    महिला अधिकारका लागि काम गर्ने मलालाले अफगानिस्तानको वर्तमान स्थितिप्रति चिन्ता व्यक्त गरेकी छिन्। ‘म अफगानिस्तानको वर्तमान स्थितिबारे धेरै चिन्तित छु, विशेष गरी त्यहाँ महिलाहरु र केटीहरुको सुरक्षाबारे मलाई डर लागिरहेको छ,’ उनले भनिन्।



    त्यहाँ बसोबास गर्ने धेरैजसो मानिसहरुलाई १९९६ देखि २००१ सम्म त्यहाँको स्थिति कस्तो बनेको थियो भन्ने याद भइरहेको उनले बताइन्। अफगानिस्तानको वर्तमान स्थितिमा मानिसहरु आफ्नो सुरक्षा, आफ्नो अधिकारका लिउर धेरै चिन्तित रहेको उनको भनाइ छ। केटीहरु आफ्नो स्कूल जान को लागी चिन्तित बनिरहेको मलालाले बताइन्।

    ‘हामीले धेरै केटीहरुलाई विश्वविद्यालयबाट फिर्ता पठाइएको पहिले नै धेरै समाचार रिपोर्टहरुमा देखाइरहेका छौं। उनीहरुमध्ये १२–१५ वर्षकालाई विवाह गर्न भनिएको छ,’ उनले भनिन्।
    पहिले तालिबान सत्तामा हुँदा महिलाहरुमाथि अत्याचार, कडा सजायजस्ता धेरै केसहरु बाहिरिएका थिए। केटीहरुलाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो। तर यस पटक तालिबान नेताहरुले नयाँ शासन पहिले भन्दा फरक हुने आश्वासन दिएका छन्।

    मलाला भन्छिन्, ‘वर्षौंदेखि महिलाहरुको सक्रियता र सहभागिताले तालिबानलाई धेरै दबाब दिएको छ। उनीहरु खुलेआम महिलाहरुलाई आफ्नो कामबाट रोक्न सक्दैनन्, तर अझैपनि उनीहरु यो कुरा धेरै अस्पष्ट तरीकाले भन्दैछन्। यसैले त्यहाँ कुनै ग्यारेन्टी छैन।’
    अफगानिस्तानमा सबै कुरा अब प्रारम्भिक चरणमा रहेको उनी बताउँछिन्। तर स्थानीय स्तरमा रिपोर्टमा जे पनी आउँदै छ त्यहाँ समस्याहरु पक्कै रहेको उनी विश्वास गर्छिन्।

    अफगानिस्तानबाट आउँदै गरेको तस्वीरहरुमा एयरपोर्टमा मानिसहरुको भीड, विमानसँग दौडने मानिसहरु, बैंकहरु बाहिर सयौंको लाइनमा उभिएका मानिसहरु भयभित देखिउका छन्। मलालाले अफगानिस्तानको यो स्थितिलाई मानवीय संकट ठान्छिन्। अफगानिस्तानबाट विदेशी सेना फिर्ता र वर्तमान स्थितिका लागी जिम्मेवार को हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘धेरै मानिसहरु यसको लागी जिम्मेवार छन्। धेरै देशहरु जिम्मेवार छन्।’

    ‘अफगानिस्तानमा मानवीय सहायतामा ध्यान दिन मानिसहरुले कम चासो देखाए। त्यहाँ, लोकतन्त्रलाई सुदृढ पार्न धेरथोर ध्यान दिइयो र एकै समयमा अतिवादी विचारधाराको उन्मूलनका लागी थोरै ध्यान दिइयो,’ उनले भनिन्।

    उनी भन्छिन्, ‘मलाई लाग्छ हरेक देश, हरेक समूह यसमा आफ्नो रुचि खोजिरहेका छन्, तर यो समय हो जहाँ उनीहरु आफ्नो हितलाई अलग राखेर मानवताका लागि सँगै आउनु पर्छ। अफगानिस्तानमा शान्ति अफगानिस्तानका जनताका लागी मात्र जरूरी छैन, यो छिमेकी देशहरु र दुनियाँभरमा शान्ति कायम गर्न महत्वपूर्ण छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार