Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • जीता नदीको बाँध भत्किँदा १ सय ५० घर डुबानमा, खानेपानीको समेत समस्या (तस्बिरहरु)

    जीता नदीको बाँध भत्किँदा १ सय ५० घर डुबानमा, खानेपानीको समेत समस्या (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / सप्तरी । जीता नदीको पश्चिमको बाँध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ सय ५० घर डुबानमा परेको छ ।

    केही दिन देखि निरन्तरको वर्षाका कारण तिलाठी कोइलाडी गाउँपालिकास्थित वडा नम्बर ५ को बसाईनस्थित दलित बस्तीमा बाढी पसेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।



    उनका अनुसार नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी बस्तीमा बसेपछि गाउँपालिका अध्यक्ष सिंह हितको टोली डुबान क्षेत्र तर्फ गएको गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक राजेश झाले जानकारी दिए ।



    डुबान क्षेत्रका मानिसहरु असुरक्षित पानी खान बाध्य

    जीता खोलाको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डुवान क्षेत्रमा खाने पानीको समस्या भएको छ । मंगलबार विहान वडा नम्वर ७ मनसापुरस्थित खोलाको पश्चिमी तटबन्ध भत्किएको गाउँपालिकाका एक वडा डुबानमा परेको हो ।

    कोलाडि बरसाइन बस्तीमा पसेको बाढीले ट्युवेल समेत डुवाएको छ भने डुबेको ट्युवेलबाटै स्थानियहरुमा पानी खाने बाध्यता रहेको स्थानीय हेमशंर सिंहले जानकारी दिए । ‘बाढीले पशुचौपाया र अन्नपात जोगाउन मुस्किल परेको त छ नै, त्यसमाथि ट्युवेल पनि बाढीले डुवाएको छ’ उनले भने–‘राम र सरदार टोलका ५÷७ परिवारलाई बाढीले डुवाएको ट्युवेलबाटै पानी खाने बाध्यता छ ।’

    उनले यस्तो अवस्थामा बाढी सुकेर गए पनि स्वास्थ्य सम्बन्धी समस्याले सर्वसाधारणलाई सताउने कुरामा दुईमत नरहेको दुखेसो गरे । उता, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेश कुमार झाले बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न तत्काल कार्य सुरु गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार