Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बलात्कार प्रयासको घटना मिलाउन जनप्रतिनिधि नै लागि परेपछि…

    बलात्कार प्रयासको घटना मिलाउन जनप्रतिनिधि नै लागि परेपछि…

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.4K
    SHARES

    सांकेतिक तस्बिर

    रामनारायण यादव / सप्तरी । सप्तरीमा भएको एक बलात्कार प्रयासको घटनालाई थामथुम पार्न जनप्रतिनिधी नै लागिपरेका छन् ।

    जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ मा एक साताअघि भएको बलात्कार प्रयासको घटनालाई लुकाउन वडा अध्यक्षसहित गाउँका अगुवाहरु लागिपरेका हुन्। उनीहरुले पीडित परिवारलाई घट्ना अगाडि नबढाउन दवाव दिइरहेका छन् ।



    १८ वर्षीय दिपेश भनिने त्रिदेव साहले १८ माघको राति गाउँकै एक युवतीसँग बलात्कारको प्रयास गरेका थिए । राती १२ बजेतिर सुतिरहेकी युवतीको घर प्रवेश गरेर युवतीको मुख थुनेर बलात्कारको प्रयास गरेका थिए ।



    त्यहीं बेला युवतीका आमा बुवा जागेपछि युवक भागेको युवतीको भनाइ छ । युवतीका बुवाले घटना भएको राति नै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा फोन गरेर जानकारी गराएको बताए ।

    घटनाको भोलिपल्ट १८ माघमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ठाडो उजुरी दिएका थिए । उक्त घटनालाई अगाडि बढाउन स्थानीय केहि व्यक्तिले आफूलाई दवाव दिइरहेको पीडितका बुवाले बताए ।

    यस सम्बन्धमा वडा कार्यालयमै आफूलाई बोलाएर घट्नालाई अगाडि नबढाउन उनीहरुले भनेका छन्, ‘पीडितका बुवाले भने, ‘वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीय केहि अगुवाले नहुने घट्ना भयो, तर यसलाई अगाडि नबढाउ भनेका छन् ।’

    आफू भने त्यो कुरा नमानेको र न्याय चाहिने भन्दै त्यो पञ्चायतीबाट निस्केको उनले बताए । ‘अहिले मलाई चौतर्फी दवाव आइरहेको छ’ अनलाइन नेपालसँग उनले भने, ‘मलाई न्याय दिनका निम्ति सबैसँग सहयोगको अपेक्षा राखेको छु ।’

    वडा अध्यक्ष अनोज यादव भने घटना भएको भन्दै पीडितलाई कसैले कुनै किसिमको धम्की नदिएको बताउँछन् । ‘मसहित कुनै जनप्रतिनिधीले त्यस्तो दवाव दिएका छैनौं’ वडा अध्यक्ष यादले  अनलाइन नेपालसँग भने, ‘यो घट्नामा दोषी देखिए कार्वाही गरिनुपर्छ ।’

    प्रहरीले जाहेरी आइसकेको र युवतीको मेडिकल पनि गराइसकिएको जनाएको छ । सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले मेडिकल रिपोर्ट आएपछि अन्य प्रकृयालाई अगाडि बढाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार