Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत प्राधिकरणद्वारा मुद्दा पेशीमा चढेकै दिन विज्ञापनको नाममा करोडौं खर्च

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्य पक्षले कुलमान घिसिङविरुद्ध परेको रिटमा सुनुवाइ हुने दिन मिडिया दुरुपयोग भएको आरोप लगाएको छ ।

घिसिङको नियुक्ति बदरको मागसहित निर्वतमान कार्यकारी निर्देशक शाक्यले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी चढेकै दिन आज प्राधिकरणले मुख्य अनलाईनहरुमा ‘स्किप एड’ प्रकाशन गरेको थियो । अघिल्लो वर्ष भन्दा कम नाफा कमाएको प्राधिकरणले वार्षिकोत्सवको भोलिपल्ट मुद्दालाई प्रभावित पार्ने गरी लाखौं खर्चेर अनियमित रुपमा विज्ञापान बाँडेको भन्दै शाक्य पक्षधरले आरोप लगाएको हो ।

‘प्राधिकरणको विद्यमान अवस्था र भावि कार्यदिशा’ भन्दै आफ्नै वेभसाइटमा राखिने विवरणलाई विज्ञापनका रुपमा बाँडेर मनपरी खर्च गरिएको प्राधिकरणकै एक उच्च अधिकारलै बताए ।

ती अधिकारीका अनुसार प्राधिकरणको विज्ञापन अनियमित रुपमा प्रवाह गरेर कुलमानको भजन गाउन लगाइएको छ ।

यता, न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएपनि आज उक्त मुद्दा सुनुवाइ हुन भने सकेन । शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग गरेर मुद्दा दायर गरेका थिए ।

आज पेसीमा तोकिए पनि मुद्दा हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । सरकारी मुखपत्र गोरखापत्र दैनिकमा पनि कुलमान आएको एक सातामै प्राधिकरणले उल्लेख सुधार गरेको भन्दै विज्ञापन प्रकाशित गरिएको छ । भदौ १ र २ गते मात्र टेलिभिजन, एफएम, अनलाईन र पत्रपत्रिकाहरुमा अनियमित रुपमा विज्ञापनका नाममा १ करोड भन्दा बढि खर्च गरिएको प्राधिकरण स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077