Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तानसँग मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतती प्रधानमन्त्रीबीच सहमति

    अफगानिस्तानसँग मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतती प्रधानमन्त्रीबीच सहमति

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 3.5K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन् ।

    उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो ।



    सो क्रममा उनीहरुले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिएका थिए ।



    उनीहरुले फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

    आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ ।

    उनीहरुले अफगानिस्तानबाट बाहिरन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरुपमा सहायता प्रदान गर्ने बताएका थिए ।

    त्यसैगरी आगामी दिनमा अफगानिस्तानमा आउनसक्ने मानवीय सङ्कटको समााधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उनीहरुले बताएको सो समाचारमा जनाइएको छ । (एएफपीको सहयोगमा )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार