Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालले नयाँ पार्टी खोल्नु दु:खद् पक्ष : शंकर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता शंकर पोखरेलले माधव कुमार नेपालले नयाँ पार्टी खोल्नु दु:खद् भएको बताएका छन्।

बुधबार नेता नेपालले नेकपा एमाले समाजवादी नाममा दल दर्ता गरेपछि नेता पोखरेलले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमतिबाट अघि बढ्न आफूहरू प्रतिवद्ध रहेको बताए । नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दल दर्ता गरेका हुन्।

बिहीबार पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077