Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले आगामी भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, आगामी भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए। यसअघि कृष्ण जन्माष्टमीमा महिलालाई मात्र बिदा दिने चलन थियो।

यसैगरी आजको बैठकले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई महारथी पदमा पदोन्नती गरेको छ । मन्त्री कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077