Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वाग्मतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं बर्खास्त, यादव शर्मा नियुक्त

हेटौंडा । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको ले जानकारी दिएको छ । प्रसाईलाई एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधवकुमार नेपालनिकट मानिन्छन्।

गत असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । जसमा लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077