Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युईएफए वर्ष खेलाडीको मनोनयनमा परेनन् मेसी, रोनाल्डो, नेयमार – यी खेलाडी छनोट

एजेन्सी – युईएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार जुनियर परेनन्। युईएफएले सार्वजनिक गरेको २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा चेल्सीका मिडफिल्डर एङ्गोलो कान्टे, चेल्सीकै मिडफिल्डर जर्गिन्हो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुन परेका छन्।

युइएफएको इतिहासमा पहिलोपडक ३ मिडफिल्डर अवार्डका लागि छनोट भएका छन्। गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन सफल भएका थिए।

इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने खेलाडी हुन्। उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए।

चेल्सीले च्याम्पियन्स लिग जित्दा एङ्गोलो कान्टे टोलीका मुख्य सदस्य रहेका थिए। विशेष गरी सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध र फाइनलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीविरुद्ध उनले अद्भुत प्रदर्शन गरेका थिए। युरोकपमा उनको प्रदर्शन औसतकै रहेको थियो।

यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ। जसमा युरोकपको २४ राष्ट्रका प्रशिक्षक, गत सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ गरी ८० प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077