Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

रामनारायण यादव / सिरहा । सिरहाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्वर २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, सोहि नगरपालिका वडा नम्वर ५ बस्ने ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र यादवलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो उनीहरुको साथबाट ८ ग्राम अबैध लागुऔषध सहित तीनै जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलिले शंका लागि चेक जाँच गर्दा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना अहिले इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077