Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वाग्मतीका प्रदेश प्रमुखमा यादब शर्मा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादव शर्मालाई नियुक्त गरेकी छिन् ।

शुक्रबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले सरकारकै सिफारिसमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँलाई आजै पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा नेता माधवकुमार नेपालनिकट मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077