Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

शान्ता चौधरी : जसले ‘यो’ हैसियत दिलायो उसैविरुद्ध डटेर लागेकी छिन्

काठमाडौं – माधवकुमार नेपालले नेकपा एमालेमा एकताको ढोका बन्द भएको भन्दै नेकपा एकीकृत समावजादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।

आयोगले माधव नेपाल समूहलाई सनाखतका लागि भदौ ९ गते आयोगमा बोलाएको छ। तर, नेपालले नयाँ पार्टी गठनको प्रक्रिया शुरु गर्नेबित्तिकै नेकपा एमालेले उनीसहित १४ सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठायो।

पार्टीबाट उनीहरुलाई निष्कासित गर्नका लागि पठाइएको पत्र हाल सभामुख अग्नि सापकोटाकोमा छ।पार्टीले कारबाही गरेका नेताहरुलाई तत्काल पदमुक्त गर्न सभामुखलाइए एमाले नेताहरुले निरन्तर दबाब दिइरहेका छन्। बिहीबार सभामुखको कार्यकक्षमै गएर एमालेका १४ नेताले दबाब दिए।

शुक्रबार पनि नेताहरुले सभामुखको कार्यकक्षमै गउर धर्ना दिए। १४ सांसदलाई कारबाही गरेको सूचना टाँस्न सभामुखलाई दबाब दिन गएका नेताहरुको नेतृत्व एमालेकी सचेतक शान्ता चौधरीले गरिन्।

माधव नेपालसहितका नेतालाई कारबाही गरेको सूचना टाँसी पदमुक्त गर्न सभामुखलाई निरन्तर। दबाब दिन उनी लागिपरेकी छिन्। तर हाल माधव नेपाल र शान्ता चौधरीको पुरानो तस्विर भाइरल भएको छ।

उक्त तस्वीरको वास्तविकता बुझेपछि धेरैले शान्ता चौधरीलाई आफैंले ठूलो सहयोग गरेको मान्छेविरुद्ध लागेको भनी आलोचना गरिरहेका छन्। आफ्ना भन्ने धेरैले साथ छोडेको बेला हात समातेकी राम कुमारी झाँक्रिलाई, कार्यकर्ता होस त यस्तो भन्दै प्रशंसा गरिरहेका बेला शान्ताको भने आलोचना सुरु भएको हो। माधवले त्यतिबेला शान्तामाथि लगाएको गुन अहिले भुलेको भन्दै कतिले बैगुनी भनेर आक्रोशित भएका छन्।

पूर्वकमलरी शान्ता चौधरीलाई माधव नेपालले टपक्क टिपेर ल्याएर सांसद बनाएको तर अहिले उनै शान्ता चौधरी माधव नेपाल सहित १४ जनालाई तत्काल बर्खास्त गर्न भन्दै सभामुखकोमा पुगेपछि उनको आलोचना सुरु भएको हो।

कतिले चौधरीलाई आफ्नै उद्दारकर्ताको पद आजै खोस् भन्दै उदण्डता गर्ने सांसद भनिरहेका छन्। माधव नेपालले ८ वर्षको उमेरदेखि २५ वर्षसम्म जमिन्दारको घरमा बिनातलव कमलहरी गरिरहेकी शान्ता चौधरीलाई टपक्क टिपेर समानुपातिक सांसद बनाइ सिहदरबार छिराएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077