Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लाइसेन्सका लागि १ सय ९२ पटक ट्रायल दिँदा पनि ‘फेल’, बन्यो विश्व कीर्तिमान

एजेन्सी – सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सबै देशमा आ–आफ्नो नियम छ। तर सबै देशमा सवारी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ।

यस्तो परीक्षामा सबैले एकै पटकमा सफलता प्राप्त गर्छन् भन्ने छैन। तर एक दुई पटकमा भने अवश्य सफल हुन्छन्। तर एकजना पोल्याण्डका यस्ता जब्बर व्यक्ति निस्किएका छन्। उनले अहिलेसम्म ड्राइभिङ लाइसेन्स प्राप्त गर्नका लागि १ सय ९२ पटक ड्राइभिङ टेस्ट दिइसकेका छन्।

तर पनि उनले ट्रायल पास गर्न सकेका छैनन्। ५० वर्षका ती व्यक्ति पछिल्लो १७ वर्षदेखि ड्राइभिङ लाइसेन्स प्राप्त गर्न निरन्तर जुटिरहेका छन्। उनले ड्राइभिङ टेस्टमा फेल हुने मामिलामा सबैभन्दा धेरै प्रयास गर्नेमा रेकर्ड नै कायम गरेका छन्।

पोल्याण्डमा ड्राइभिङ लाइसेन्सको टेस्टको कुनै सीमा छैन। यहाँ जतिपटक फेल भएपनि पुनः दिन पाइन्छ। दुई दशकदेखि उनले कार चलाउने तालिम पनि लिइरहेका छन्। ड्राइभिङ परीक्षामा अझै पास हुन नसकेका कारण अहिलेसम्म उनले कार चलाउने तालिमकै लागि मोटो रकम खर्चिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077