Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्त पक्राउ

रामनारायण यादव / सिरहा । सिरहा प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरुलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका वडा नम्वर १ बस्ने २३ वर्षीय सन्तोष कुमार कामती रहेका छन् । उनलाई अदालतले चोरी मुद्दामा १ महिना कैद र रु.३० हजार जरिवान सुनाएका थिए ।

यस्तै सिरहाको सिरहा नगरपालिका वडा नम्वर १६ बस्ने ४० वर्षीय जाकिर मलंग पक्राउ परेका छन् । उनलाई अदालताले लेनदेन मुद्दामा ५ महिना कैद फैसला सुनाएका छन् ।

सिरहाको सिरहा नगरपालिका वडा नम्वर २ बस्ने ५५ वर्षीय रामदेव साह रहेका छन् । उनलाई अदालतले लेनदेन मुद्दामा २ बर्ष कैदको फैसला सुनाएका थिए ।

सिरहाको लहान नगरपालिका वडा नम्वर १३ बस्ने ३१ वर्षीय शिव शंकर महतो रहेका छन् । उनलाई बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु.१० हजार जरिवान सुनाएको थियो ।

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्वर ४ बस्ने २८ वर्षीय देव कुमार यादव रहेका छन् । उनलाई लागू औषध मुद्दामा ८ बर्ष कैद र रु.३ लाख १५ हजार जरिवान अदालतले फैसला सुनाएका थिए ।

फैसला कार्यान्वयनका लागि सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला भई फरार रहेकाहरुको खोजतलाश जारी रहेको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077