Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुम्बईमा रेलको ठक्करबाट घाइते नेपाली युतवीको मृत्यु

काठमाडौं – मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको निधन भएको छ। मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया कालु परियारको उपचारको क्रममा निधन भएको हो।

गत जुलाई २२ मा परियालाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो। रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलले ठक्कर दिएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी शव जिम्मा लगाएको छ। परियार रोजगारीको शिलशिलामा मुम्बई पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077