Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता, एमाले एकताको संकेत

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र नेपालबीच भेटवार्ता भएको स्रोतले जनाएको छ।

एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले आफ्नै निवासमा बोलाएर भेट गर्नुलाई पार्टी एकताको सम्भावनाको नजरबाट हेरिएको छ ।

यसअघि आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एकता पक्षधरको बैठकले पार्टी एकताको सम्भावना रहेको बताइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएपछि सहमति जुटेको हो।

सोमबार बिहान एमाले विभाजनमा संलग्न नरहेका तथा एकता पक्षधर एमाले स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष ओलीसँग १० बुँदे कार्यन्वयनको विषयमा निर्णायक वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077