Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एक साताभित्र अफगानिस्तान नछाडे परिणाम भोग्नुपर्ने भन्दै तालिबानले दियो अमेरिकालाई धम्की

एजेन्सी ।  तालिबानले अफगानिस्तानबाट आफ्ना  सैनिकहरु अबको एक साताभित्र अर्थात् ३१ अगष्टसम्ममा फिर्ता लैजान अमेरिकालाई निर्देशन दिएको छ ।

‘अमेरिकासँग भएको सम्झौतामा ३१ अगष्टको रेडलाइन तोकिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनको फौज यो मितिसम्म अफगानिस्तानबाट जानेछ भनेका थिए,' तालिबानका प्रवक्ता सुहेल शाहीनले भनेका छन्, 'यो मितिलाई अगाडि बढाउनुको अर्थ हो अमेरिकी सेना अफगानिस्तानमा फेरि आफ्नो कब्जा बढाइरहेको छ । यदि यस्तो भयो भने अमेरिकाले यसको परिणाम भोग्नुपर्नेछ ।’

यसअघि नै तालिबानले निर्धारित ३१ अगष्टको डेडलाइनभन्दा अगाडि नबढाउन अमेरिकालाई चेतावनी दिइसकेको छ । तालिबानले ३१ अगष्टसम्म अमेरिकी सेना अफगानिस्तानबाट ननिस्किए यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको बताइएको छ ।

यता, तालिबानको यस्तो चेतावनीपछि पनि अमेरिकाले ३१ अगष्टसम्म आफ्नो सेना त्यहाँबाट निकालिसक्ने सम्भावना न्यून छ । अहिले अफगानिस्तानमा ६ हजार अमेरिकी सेना छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै ३१ अगष्टसम्म आफ्ना सबै नागरिक निकाल्न प्रयास गरिने भए पनि निकाल्न नसकिए सबैलाई ननिकाल्दासम्म अमेरिकी सेना त्यहीँ रहने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077