Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पञ्जशीर घेराबन्दी गरेको तालिबानको दाबी– काउन्टरका लागि ९ हजार मानिस तयार, दोहोरो भीडन्तको खतरा

एजेन्सी । तालिबानले पञ्जशीर उपत्यका घेराबन्दी गरेको दाबी गरेको छ। अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको तालिबान विरोधी ठूलो गढ मानिने पञ्जशिर उपत्यकाको घेराबन्दी गरेको दाबी गरेको हो।

बग्लान प्रान्तको बन्नू, पुल–ए–हिसार र देह–ए–सालाहका ३ जिल्लाहरु दुश्मनबाट पूर्ण रुपमा मुक्त गरिएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जानकारी दिएका छन्।

उनले ट्विटरमा एक ट्वीटमा सलांग राजमार्ग खुला रहेको र दुश्मन पञ्जशीरमा मात्रै सीमित भएको जानकारी दिएका छन्। जबीहुल्लाह मुजाहिदले तालिकानले समस्याको शान्तिपूर्ण समाधान खोज्न प्रयास गरिरहेको पनि बताए।

काबुलको उत्तरमा हिन्दुकुश पहाडले घेरिएको पञ्जशीर उपत्यका लामो समयदेखि तालिबान विरोधी सेनाको केन्द्र बनेको छ। अफगानिस्तानको ३४ प्रान्तमध्ये तालिबानले पञ्जशीर प्रान्त आफ्नो नियन्त्रणमा लिन सकेको छैन।

काजबुलको उत्तरमा रहेको पञ्जशीर तालिबान विरोधीहरुको गढका रुपमा रहेको छ। हाल पञ्जशीरमा मुजाहिदीनका पूर्व कमाण्डर अहमद शाह मसूदका छोरा अहमद मसूदले कमाण्ड गरिरहेका छन्। मसूदको नेतृत्वमा रहेको तालिबान विरोधी बलले तालिबानसँग लड्न करिब ९ हजार मानिस जम्मा गरेको दाबी गरेको छ।

साथै मसूदले साउदी अरेबियाको मिडिया प्रसारक अल–अरेयिबासँग अफगानि सरकारी सुरक्षा बल पनि भागेर पञ्जशीर प्रान्तमा आएको बताएका छन्। उनीहरुले अफगानिस्तानको रक्षा गर्न तयार रहेको र रक्तपातको चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077