Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईएसले भन्यो, ‘तालिबान अमेरिकाको कठपुतली हो, जीत पनि नाटकमात्रै’

एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ। तालिबानको विरोधी मानिने आईएसले तालिबानलाई ‘अमेरिकाको कठपुतली’को संज्ञा दिएको छ।

आईएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ। ‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ।

यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए। अफगानिस्तानले १५ अगस्टमा पूरा देश कब्जा गरेको थियो, यसपछि आईएसको यो पहिलो टिप्प्णी हो।

आइएसको साप्ताहिक समाचार पत्र अल–नबाको सम्पादकीयमा प्रकाशित भएको हो जसको शीर्षक छ – ‘अन्ततः उनीहरुले मुल्ला ब्रेडली स्थापित गरेका छन्।’

यसमा उपेक्षाजनक तरिकाले ‘नयाँ तालिबान’ शब्दको प्रयोग गरिएको छ जसमा बताइएको छ कि अफगान समूह २० वर्ष असध सुरु भएको सच्चा जिहादी आन्दोलनबाट भडकिएको छ। आइएसले शंका जताउँदै भनेको छ, ‘तालिबानले सच्चा शरिया कानून सायदै लागू गर्न सक्ला। तालिबानले बचन दिएको छ कि ऊ शरीयतको हिसाबले चल्नेछ।’

आइएसले घोषणा गरेको छ कि उसको लडाकू जिहादको नयाँ चरणको सुरुवात गरिरहेका छन्। आईएसको अनुसार तालिबानले जितेका छैनन् र यो एक ‘तथाकथित जीत’ हो जसको बन्दोबस्त अमेरिकाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077