Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यस्तो छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)

काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका छन्।

सोमबार आफू पक्षीय केन्द्रीय सदस्य र सांसदलाई काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्ट पुर्याएका नेपालले नयाँ पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका हुन्।

नेकपा एमालेबाट फुटेर नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपालले केन्द्रीय सदस्य र सांसदहरुलाई दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा पुर्याएका थिए । त्यसो त नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुको मन नभाडियोस भनेर रिसोर्टमा राखेको पनि बुझिएको छ।

नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।

हेर्नुहाेस् घाेषणापत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077