Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निषेधाज्ञामा भिडभाड गरेको भन्दै माधव नेपालहरु बसेको रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका समयमा रिसोर्टमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।

बढ्दो कोरोना भाइरस संक्रमण र तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले जारी गरेको निषेधाज्ञा कायमै रहेको बेला उक्त रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधिएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए।

सोमबार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्य र सांसदलाई काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्ट पुर्याएका थिए । हिजो बेलुकीदेखि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ । बैठक बुधबारसम्म चल्ने बताइएको छ।

रिसोर्टमा नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना बसेका छन् ।

सीडीओ पराजुलीले रिसोर्टमा भिडभाड भयो भन्ने गुनासो आएपछि रिसोर्ट प्रशासनलाई फोन गरेर निषेधाज्ञाका बेला भिडभाड भएकोबारे सोधेको बताए ।

काठमाडौं प्रशासनले कोरोना संक्रमण जारी नै रहेको भन्दै निषेधाज्ञा लागु गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077