Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध युवा संघको प्रदर्शन

रामनारायण यादव / जनकपुरधाम। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेकोविरूद्ध राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरुले मंगलबार विहान जनकपुरमा प्रर्दशन गरेका छन् ।

जनकपुरको शिव चोकमा संघका कार्यकर्ताहरुले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै संघका कार्यकर्ताहरुले मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएको विरुद्धमा यूवा संघ आन्दोलित भएको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077