Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल र ठाकुरलाई दल सनाखत गर्न अढाई घण्टाको समय

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077